पूर्व प्रधानमन्त्री सुशील कोइरालाको स्मृति दिवस मनाइँदै


पूर्व प्रधानमन्त्री सुशील कोइरालाको स्मृति दिवस मनाइँदै

नेपालगन्ज २६ माघ : संविधान निर्माणको अगुवाई समेत गरेका पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सभापति सुशील कोइरालाको छैटौं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

पूर्व प्रधानमन्त्री कोइरालाको २०७२ साल माघ २६ गते राति महाराजगञ्जस्थित निवासमा निधन भएको थियो ।

नेपाली राजनीतिमा निष्ठानवान् र सादगी नेताको रुपमा चिनिएका कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस र आबद्ध संघ संस्थाहरुले विभिन्न कार्यक्रम गर्दैछन् ।

आज सुशील कोइराला सोसलिष्ट युथ सर्कलले काठमाडौंमा आयोजना गर्ने ‘संकटमा संविधान’ विषयक विचार गोष्ठीमा काँग्रेस महामन्त्री डाक्टर शशांक कोइराला, नेताहरु डाक्टर मिनेन्द्र रिजाल, जीवन परियार, नेकपा नेता रघुजी पन्त, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे लगायतले सम्बोधन गर्दैछन् ।

नेपाली काँग्रेस बाँकेमा समेत पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सभापति कोइरालाको स्मृतिमा कार्यक्रम गरिने भएकोछ ।