नेपालगन्ज २७ माघः भूमि सम्बन्धि समस्या समाधान आयोग बाँकेको कार्यालय स्थापना गरिएकोछ । लुम्बिनी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले मङ्गलबार एक कार्यक्रमका बीच आयोगको कार्यालय उद्घाटन गरिन् ।
आयोगकको कार्यालय उद्घाटनमा बोल्दै मन्त्री आरतीले प्रदेशमा विद्यमान भूमि सम्बन्धि समस्या सबै एकमुष्ट रुपमा समाधान गरिने समेत बताइन् ।
जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको आयोगको कार्यालय उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारले सुकुम्बासीको मात्र नभई भूमिसम्बन्धित सबै समस्या एकै पटक हल गर्ने गरी जनताको घरदैलोमा नै लागत संकलनको लागि कर्मचारी खटाई सकेको जानकारी दिइन् । लागत संकलन गर्न आउनेलाई आफ्नो यथार्त विबरण उपलब्ध गराउन समेत उनले आग्रह गरिन् ।
कार्यालय उद्घाटनमा आयोगको जिल्ला अध्यक्ष शान्ति ढकालले निश्पक्ष भएर सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउदै उनले आयोगलाई आफ्नो एथार्त विबरण उपलब्ध गराएर सहयोग गर्न अनुरोध गरिन् ।
सो आयोगमा सदस्यहरु तेजकुमार धिताल, गोपाल गिरिलाई सरकारले मनोनित गरेको छ । भने जिल्ला वन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयका प्रमुख सदस्य रहनुको साथै जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहने प्रवाधान रहेको छ ।
सो अवसरमा संविधानसभा सदस्य देवराज भार, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीबास्तव, खजुरा गाउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग, आयोगका सदस्यहरु तेजकुमार धिताल, गोपाल गिरि लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिले आफ्नो धारणा राखेका थिए ।