‘हत्या, हिंसा र बलात्कार, ओली सरकारको चमात्कार’ : डाक्टर संग्रौला


‘हत्या, हिंसा र बलात्कार, ओली सरकारको चमात्कार’ : डाक्टर संग्रौला

नेपालगन्ज २९ माघ : नेपाली काँग्रेसकी नेतृ केन्द्रिय सदस्य डाक्ट डिला संग्रौलाले सरकारले छोरीचेलीहरुको सुरक्षा गर्न नसकेको बताएकी छिन् ।

नेपाल प्रेस युनियन बाँकेले बिहीबार विहान नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय सदस्य डाक्टर संग्रौलाले नेपाली छोरीचेलीहरुमाथि श्रृंखलाबद्धरुपमा बलात्कार र हत्या हुँदा समेत सरकारले अपराधीलाई कानूनी दायरमा ल्याउन नसकेको टिप्पणी गरिन् ।

हत्या, हिंसा र बलात्कार वर्तमान सरकाको उपहार जस्तो बनिरहेको टिप्पणी गर्दै डाक्टर संग्रौलाले भनिन्–‘हत्या, हिंसा र बलात्कार, ओली सरकारको चमात्कार’
डाक्टर संग्रौलाले बैतडीमा बलात्कारपछि हत्या गरिएकी भागीरथी भट्टको अपराधीलाई तत्काल कानूनी कठ्घरामा ल्याई कडा सजाय दिन माग गरिन् ।

देशको शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको जिकिर गर्दै डाक्टर संग्रौलाले संविधान, लोकतन्त्र र गणतन्त्रमाथि प्रहार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै उनले कानूनलाई टेकेर सर्वोच्च अदालतले उचित न्याय निरुपण गर्ने विश्वास समेत व्यक्त गरिन् ।

Kanti Aarogya Hospital Nepalgunj

अवैधानिक सरकारले संवैधानिक परिषद्लाई कब्जामा लिएर गरेको असंवैधानिक नियुक्ति काँग्रेसलाई मान्य नभएको उनको स्पष्टोक्ति छ । नेपाली जनतालाई करको भारी बोकाउने सरकार जनप्रिय हुनै नसक्ने भन्दै उनले कोरोना कहरमा पनि भ्रष्टाचारको आहालमा डुबेको सरकार सर्वत्र बद्नाम भएको टिप्पणी गरिन् ।

नेपाली काँग्रेसको १४ औं महाधिबेसनका विषयमा बोल्दै नेतृ डाक्टर संग्रौलाले पार्टीभित्र एक तिहाई महिला प्रतिनिधित्व भएपनि अब नेतृत्व वा पदाधिकारीमै महिला सहभागिताका सुनिश्चितताका लागि आफूहरु लडिरहेको बताइन ।

उनले भनिन्–‘काँग्रेसको १४ औं महाधिबेसन हुनुपर्छ । पार्टिमा एक तिहाई प्रतिनिधित्व होइन्, एक तिहाई नेतृत्व चाहिन्छ ।’

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली काँग्रेस बाँकेकी सभापति किरण कोइराला, नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर, नेपाल महिला संघकी कोषाध्यक्ष जानुका सिंह, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सचेतक निर्मला क्षेत्री, नेपाल महिला संघकी केन्द्रिय सदस्य गिर्जा न्यौपाने, संघ दाङकी सभापति गोमा रावत, संघ बाँकेकी सभापति नारायणी रुपाखेती लगायत नेता तथा कार्यकर्ताको उपस्थित रहेको युनियनका सचिव विजय मल्लले जानकारी दिए ।