नेपालगन्ज ४ फागुन : नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले नेपाली काँग्रेसलाई कसैले हराउन नसक्ने टिप्पणी गरेका छन् । नेपाली काँग्रेस बाँकेले मङ्गलबार नेपालगन्जमा गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै महामन्त्री डाक्टर कोइरालाले यस्तो बताएका हुन् ।
उनले काँग्रेसलाई आन्दोलन वा चुनावमा कसैसंग मिलेर जानुपर्ने अवस्था नरहेको जिकिर गर्दै ‘हामी कसैको पक्षमा उभिनुपर्दैन, हामी बलियो छौं, सक्षम छौं, हाम्रो अत्यन्त गर्विलो ईतिहास छ, विचार छ, न हामीलाई केपी ओली न त प्रचण्ड–माधव पक्षसंग उभिनुपर्छ’ कोइरालाले भने ।
चितवनमा तत्कालीन माओवादीसंग मिलेर काँग्रेसले ईतिहासमै ठूलो भूल गरेको टिप्पणी गर्दै उनले काँग्रेस एकताबद्ध भएर गए जोसुकै मिले पनि हराउन नसक्ने ठोकुवा गरे ।
‘काँग्रेसले हार्ने अन्तर्घातले मात्र हो,’ कोइरालाले अगाडी थपे –‘काँग्रेस भित्रको असन्तुष्टिमा सहमति भइ काँग्रेस एक ढिक्का भएमा देशको कुनै शक्तिले हराउन सक्दैन ।’
संसद विघटनको मुद्दा अदालतमा रहेको भन्दै महामन्त्री डाक्टर कोइरालाले आगामी बैशाखको चुनावका विषय लिएर सर्वत्र चासो र चिन्ता भइरहेका बेला चुनाव हुने वा संसद् पुनःस्थापना हुने कुनै टुुगो नभएकाले अब काँग्रेस महाधिवेशनको तयारीमा जुट्ने समेत बताए ।
‘पार्टी अब महाधिवेशनको तयारीमा लाग्छ, कोइरालाले भने–‘चुनाव हुने टुंगो छैन, अदालतले के फैसला गर्छ थाहा छैन, अब हामी महाधिवेशनको तयारीमा लाग्नुपर्छ, छिटो भन्दा छिटो क्रियाशील सदस्यहरुको नामावली केन्द्रमा पठाइदिनुस्, हामी जति सकिन्छ चाँडो महाधिवेशन गर्छौं ।’
यस्तै उक्त कार्यकर्ता भेटघाटमा आएका नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर मिनेन्द्र रिजालले संविधान जोगाएर मात्र काँग्रेस चुनावमा जाने बताए ।
उनले पहिलो पुस्ताका नेताहरुले अब दोस्रो पुस्ताका लागि मार्ग प्रशस्त गर्नुपर्ने अवस्था आएको बताउँदै संविधानलाई लत्याएर चुनाव काँग्रे नजाने दोहो¥याए ।
नेपाली काँग्रेस बाँकेका सभापती किरण कोइरालाको सभापतित्वमा भएको कार्यकर्ता भेटघाटमा केन्द्रिय सदस्यहरु दीपक गिरी, पार्वती डिसी चौधरी, आमन्त्रित केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरे लगायतका नेताहरुको उपस्थिति थियो ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं