काँग्रेसको महाधिवेशन भदौमा गर्ने सहमति


काँग्रेसको महाधिवेशन भदौमा गर्ने सहमति

नेपालगन्ज ५ फागुन : नेपाली काँग्रेसको १४ औं महाधिबेशन आगामी भदौमा गर्ने सहमति भएको छ ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको सहमति अनुसार आगामी भदौ ७ देखि १० गतेसम्म महाधिबेशन गर्ने तयारी भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

फागुनको महाधिबेशन असम्भव भएपछि महाधिबेशनको नयाँ मिति तोक्न दुवै पक्षबीच छलफल भएको थियो । संविधान अनुसार पनि काँग्रेसले भदौभित्र महाधिबेशन गर्नैपर्ने भएकाले सो मिति तय भएको हो ।

यो सँगै कार्य समितको म्याद छ महिना थप भएको छ । सहमतिपछि केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालय सानेपामा शुरु हुँदैछ ।