प्रदेश २ प्रमुखमा राजेश अहिराज झा नियुक्त


प्रदेश २ प्रमुखमा राजेश अहिराज झा नियुक्त

नेपालगन्ज ७ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश अहिराज झालाई नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा तिलक परियारलाई पदमुक्त गरेकी राष्ट्रपति भण्डारीले रौतहटका अहिराजलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

संविधानको धारा १ सय ६३ को उपधारा (२) बमोजिम झालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

यसअघि राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै ‘नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेको’ जनाएको थियो ।