नेपालगन्ज ७ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश अहिराज झालाई नियुक्त गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा तिलक परियारलाई पदमुक्त गरेकी राष्ट्रपति भण्डारीले रौतहटका अहिराजलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।
संविधानको धारा १ सय ६३ को उपधारा (२) बमोजिम झालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
यसअघि राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै ‘नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेको’ जनाएको थियो ।
बाँके क्षेत्र नं २ को क्षेत्रीय सभापति चुनिए नरेन्द्रकुमार चौधरी, चारजना प्रदेस सांसद महाधिवेशन प्रतिनिधमा पराजित
नेपाली काँग्रेस १५ औं महाधिवेशनका लागि प्रतिनिधि चुनिए गगन र विश्व
पत्रकार हेमन्त मल्ल प्रक्राउ : सांसद र गृहमन्त्रालयकै नाम जोडिएको अडिओ प्रकरण के हो?
कर्णाली मन्त्रिपरिषद् विरुद्ध अदालतमा रिट, समावेशी नभएकाे आराेप
बाँकेका एकजना निर्माण व्यवसायी ‘हनि ट्र्याप’, प्रेममा फँसाएर लाखौं असुल्ने महिला पक्राउ
कस्तो ‘सुरक्षा थ्रेट छ’ चोलेन्द्रलाई?