नेपालगन्ज : नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइराला भोलि नेपालगन्ज आउनेभएकाछन् । नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालय उद्घाटनका लागि नेपालगन्ज आउन लागेका महामन्त्री डा.कोइरालाले भवन उद्घाटनसर्गै कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ ।
भोली सोमबार दिउँसो १ बजे पार्टी कार्यालयमा थप गरिएको दोस्रो तल्ला उद्घाटनसंगै पार्टी कार्यकर्तासंग भेटघाट कार्यक्रम तय गरिएको नेपाली काँग्रेस बाँकेका सचिव तप्त पौडेलले जानकारी दिए । सचिव पौडेलले कार्यक्रममा उपस्थित हुन सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई आग्रह गरेकाछन् ।
महामन्त्री डा. कोइराला आज काठमाण्डौबाट नेपालगन्ज हुँदै बर्दिया गएकाछन्, भोली नेपालगन्ज आए लगत्तै महामन्त्री डा.कोइराला दाङ जाने कार्यक्रम रहेको सचिव पौडेलले बताए । उनीसंगै काँग्रेस केन्द्रिय सदस्य एवम् पूर्व सिंचाई मन्त्री दीपक गिरी, केन्द्रिय सदस्य कल्याण गुरुङ्ग लगायतका नेताहरु रहेकाछन् ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा