सर्वोच्चको फैसला काँग्रेसद्वारा स्वागत


सर्वोच्चको फैसला काँग्रेसद्वारा स्वागत

नेपालगन्ज ११ फागुन : नेपाली काँग्रेसले सर्वोच्च अदालतले गरेको संसद पुर्नस्थापनासम्बन्धी फैसलाको स्वागत गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार साँझ एक विज्ञप्ति जारी गरी सर्वोच्च अदालतको संसद पुर्नस्थापनाको फैसलाको स्वागत गरेका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

काँग्रेसले सरकारको संसद विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी भनेको स्मरण गर्दै सर्वोच्च अदालतले मंगलबार गरेको संसद पुर्नस्थापनासम्बन्धी फैसलाको सम्मान गर्दै स्वागत गरेको हो ।