नेपालगन्ज १२ फागुन : सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको फैसला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी समिति बैठक शुरु भएको हो ।
सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको फैसला गरेपछि बसेको बैठकमा समसामयिक राजनीतिक घटना क्रमबारे छलफल हुनेछ । संसद पुनस्र्थापछि बदलिएको राजनीतिक परिस्थितिको विषयमा बैठकमा छलफल हुनुका साथै बैठकले पार्टीको भावी रणनीति पनि तय गर्ने बुझिएको छ ।
सर्वोच्चले संसद विघटन गर्ने निर्णय बदर गरेसँगै नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएको छ ।
प्रधानमन्त्री ओलीले राजीनामा नदिए संसद् अधिवेशन शुरु भएसँगै अविश्वास प्रस्तावमार्फत उनलाई हटाउने संकेत प्रचण्ड–नेपाल समूहले गरेको छ । प्रचण्ड–नेपाल पक्षले गत पुस ५ गते नै अविश्वास प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थियो ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं