नेपालगन्ज १२ फागुन : सर्वोच्चले संसद विघटन विरुद्धको मुद्दा बदर गरेपछि सर्वत्र चासो र चर्चा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राजानीनामा दिन तयार भएकाछन् ।
सर्वोच्च अदालतले मङ्गलबार संसद विघट विरुद्ध परेको मुद्दा बदर गरेसंगै प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने चर्चा चलेको थियो । तर, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार अबेर राति १० बजे आफ्नो फेसबुकमार्फत लेख्दै सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भए पनि कार्यान्वयन गर्नुपर्ने तर, प्रधानमन्त्रीको राजीनामा नआउने उल्लेख गरेका थिए ।
बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई संकेत गरेका हुन् ।
यसका लागि अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको बुझिएको छ । ओली पक्षको स्थायी समिति बैठक बिहीबार पनि बस्नेछ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं