फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस


फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस

File Photo

नेपालगन्ज १४ फागुन : सरकारले फागुन २३ गते संसद् बैठक बोलाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले फागनु ११ गते मंगलबार प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने फैसला सुनाउँदै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परमादेश जारी गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

अब सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुपर्नेछ ।