सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो


सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो

नेपालगन्ज १९ फागुन : सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । वार्तामा दुई पक्षबीच आ–आफ्नो कुरा राखिएका थिए ।

दुवैपक्षले आ–आफ्ना कुरा राखेपछि अर्को बैठक बस्ने भन्दै बैठक स्थगन गरिएकोछ । उक्त बैठक कहिले र कहाँ बस्ने भन्ने विषय गोप्य राखिएकोछ । यसबारे विस्तृत विवरण आइसकेको छैन ।

वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको सहभागिता रहेको थियो भने विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सहभागी थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

सरकारले हिजोमात्र गृहमन्त्रीको संयोजकत्वमा वार्ता समिति बनाएपछि विप्लवले पनि प्रकाण्डको संयोजकत्वमा वार्ता समिति घोषणा गरेका थिए । सोपछि वार्ता टोली मङ्गलबार नै काठमाडौँ आइपुगेको थियो ।

स्रोतका अनुसार प्रकाण्ड र चलाउने बुधबार बिहानै बालुवाटार प्रवेश गरेका थिए भने गृहमन्त्री थापा ९ बजेतिर बालुवाटार पुगेपछि साढे ९ बजे तिरबाट वार्ता शुरु भएको थियो । सरकारले २०७५ फागुन २८ मा विप्लव समूहलाई ध्वंसात्मक गतिविधि गरेको ठहर गर्दै प्रतिबन्ध लगाएका थियो ।