केन्द्रीय कमिटीअघि प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक


केन्द्रीय कमिटीअघि प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक

नेपालगन्ज १९ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

केन्द्रिय कमिटीको बैठक बस्नु अगावै प्रचण्ड–नेपाल समूहको केन्द्रिय कमिटी बैठक बसिरहेको छ ।

स्थायी कमिटी बैठक बिहान ११ बजे पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसिरहेको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

आजै दिउँसो १ बजे सो समूहको केन्द्रिय कमिटी बैठक बस्नेछ । जहाँ समसामयिक राजनीतिक विषयमा छलफल गरिनेछ ।

Kids Festival 2022
kanti aarogya hospital

त्यस्तै, पार्टीको आधिकारिकता विवादका विषयमा निर्वाचन आयोगले गरेको ढिलासुस्तीका विषयमा पनि छलफल हुने बताइएको छ ।

निर्वाचन आयोगले प्रचण्ड–नेपाल समूहले आधिकारिकता दाबी गरेको एक महिना पुग्न लाग्दासमेत प्रक्रिया अघि बढाएको छैन ।

प्रतिनिधि सभाको बैठक यहि फागुन २३ गते बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएको थियो ।