नेपालगन्ज १९ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
केन्द्रिय कमिटीको बैठक बस्नु अगावै प्रचण्ड–नेपाल समूहको केन्द्रिय कमिटी बैठक बसिरहेको छ ।
स्थायी कमिटी बैठक बिहान ११ बजे पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसिरहेको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
आजै दिउँसो १ बजे सो समूहको केन्द्रिय कमिटी बैठक बस्नेछ । जहाँ समसामयिक राजनीतिक विषयमा छलफल गरिनेछ ।
त्यस्तै, पार्टीको आधिकारिकता विवादका विषयमा निर्वाचन आयोगले गरेको ढिलासुस्तीका विषयमा पनि छलफल हुने बताइएको छ ।
निर्वाचन आयोगले प्रचण्ड–नेपाल समूहले आधिकारिकता दाबी गरेको एक महिना पुग्न लाग्दासमेत प्रक्रिया अघि बढाएको छैन ।
प्रतिनिधि सभाको बैठक यहि फागुन २३ गते बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएको थियो ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं