नेपालगन्ज १९ फागुन : नेपाली काँग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न निर्देश दिएकोछ ।
आगामी फागुन २३ गते संसद बैठक बोलाइएको सन्दर्भमा जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाडौंमै रहन काँग्रेसले निर्देशन दिएको हो ।
संयुक्त अविश्वास प्रस्तावमा सहमति जुटेको खण्डमा आवश्यक पर्ने भएकाले सांसदहरूलाई काठमाडौं नछाड्न अनौपचारिक रुपमा काँग्रेसले निर्देशन दिएको हो ।
संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न शुक्रबार काँग्रेस संसदीय दलको बैठक समेत बोलाइएको छ ।
काँग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले अनौपचारीक रुपमै काठमाडौं बाहिर नजान र नगई हुने अवस्था भए परामर्श गर्न सांसदहरुलाई खबर गरेका छन् ।
यसैबीच, काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डाक्टर शशांक कोइराला आज पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन चितवन पुगेका छन् ।
पछिल्लो पटक नेकपाको प्रचण्ड–माधव पक्षले प्रधानन्त्री ओलीविरुद्ध संयुक्त अविश्वास प्रस्ताव दर्ता गराउन काँग्रेससामु प्रस्ताव राखेको छ । चितवनमै रहेका काँग्रेस शीर्ष नेताहरूबीच यस विषयमा छलफलसमेत हुने जनाइएको छ ।
प्रतिनिधिसभामा काँग्रेसका ६३ सांसद छन् । जसमध्ये विजयकुमार गच्छदार र मोहम्मद अफताब आलम निलम्बित अवस्थामा छन् ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं