सांसदलाई काठमाडौं नछाड्न काँग्रेसको निर्देशन


सांसदलाई काठमाडौं नछाड्न काँग्रेसको निर्देशन

नेपालगन्ज १९ फागुन : नेपाली काँग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न निर्देश दिएकोछ ।

आगामी फागुन २३ गते संसद बैठक बोलाइएको सन्दर्भमा जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाडौंमै रहन काँग्रेसले निर्देशन दिएको हो ।

संयुक्त अविश्वास प्रस्तावमा सहमति जुटेको खण्डमा आवश्यक पर्ने भएकाले सांसदहरूलाई काठमाडौं नछाड्न अनौपचारिक रुपमा काँग्रेसले निर्देशन दिएको हो ।

संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न शुक्रबार काँग्रेस संसदीय दलको बैठक समेत बोलाइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

काँग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले अनौपचारीक रुपमै काठमाडौं बाहिर नजान र नगई हुने अवस्था भए परामर्श गर्न सांसदहरुलाई खबर गरेका छन् ।

यसैबीच, काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डाक्टर शशांक कोइराला आज पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन चितवन पुगेका छन् ।

पछिल्लो पटक नेकपाको प्रचण्ड–माधव पक्षले प्रधानन्त्री ओलीविरुद्ध संयुक्त अविश्वास प्रस्ताव दर्ता गराउन काँग्रेससामु प्रस्ताव राखेको छ । चितवनमै रहेका काँग्रेस शीर्ष नेताहरूबीच यस विषयमा छलफलसमेत हुने जनाइएको छ ।

प्रतिनिधिसभामा काँग्रेसका ६३ सांसद छन् । जसमध्ये विजयकुमार गच्छदार र मोहम्मद अफताब आलम निलम्बित अवस्थामा छन् ।