नेपालगन्ज २० फागुन : सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबीच तीनबुँदे सहमति भएको छ ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको तेस्रो चरणको वार्तापछि तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सहमतिपत्रमा गृहमन्त्री एवं सरकारी वार्ता टोली प्रमुख रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका प्रवक्ता एवं वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका छन् ।

यसअघि बुधबार एकैदिन दुई चरणमा सरकार र विप्लव समूहबीच वार्ता भएको थियो । पहिलो चरणको वार्तामा सरकारले विप्लवलाई शान्तिपूर्ण बाटोमा आउन वातावरण निर्माण गरेपछि हिजो नै दिउँसो बसेको दोस्रो चरणको वार्तामा विप्लव समूह र सरकारबीच औपचारिकरुपमा दुवैले आ–आफ्ना एजेण्डामाथि वार्ता गरेका थिए ।
भूमिगतरुपमा राज्यपक्षसंग लडाई गरिरहेको विप्लव समूह सरकारसंग वार्ता गरि आफ्नो अस्तित्व कायम राख्न खोजेपछि सहमतिको वातावरण बनेको हो ।
सरकार र विप्लव समूहबीचको वार्ताका विषयलाई लिएर देशभर विभिन्न टिकाटिप्पणी भइरहेका बेला यस्तो सहमतिले देशलाई शान्तिको मार्गमा अघि बढाउन दुवै पक्षले खेलेको भुमिकाको यतिबेला सर्वत्र चर्चा चलिरहेकोछ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं