दोस्रो वार्ताबाट गलेको विप्लव र सरकारबीच तीनबुँदे सहमति


दोस्रो वार्ताबाट गलेको विप्लव र सरकारबीच तीनबुँदे सहमति

नेपालगन्ज २० फागुन : सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबीच तीनबुँदे सहमति भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको तेस्रो चरणको वार्तापछि तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा गृहमन्त्री एवं सरकारी वार्ता टोली प्रमुख रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका प्रवक्ता एवं वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

यसअघि बुधबार एकैदिन दुई चरणमा सरकार र विप्लव समूहबीच वार्ता भएको थियो । पहिलो चरणको वार्तामा सरकारले विप्लवलाई शान्तिपूर्ण बाटोमा आउन वातावरण निर्माण गरेपछि हिजो नै दिउँसो बसेको दोस्रो चरणको वार्तामा विप्लव समूह र सरकारबीच औपचारिकरुपमा दुवैले आ–आफ्ना एजेण्डामाथि वार्ता गरेका थिए ।

भूमिगतरुपमा राज्यपक्षसंग लडाई गरिरहेको विप्लव समूह सरकारसंग वार्ता गरि आफ्नो अस्तित्व कायम राख्न खोजेपछि सहमतिको वातावरण बनेको हो ।

सरकार र विप्लव समूहबीचको वार्ताका विषयलाई लिएर देशभर विभिन्न टिकाटिप्पणी भइरहेका बेला यस्तो सहमतिले देशलाई शान्तिको मार्गमा अघि बढाउन दुवै पक्षले खेलेको भुमिकाको यतिबेला सर्वत्र चर्चा चलिरहेकोछ ।