सरकारद्वारा विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा


सरकारद्वारा विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा

नेपालगन्ज २० फागुन : तीन चरणको वार्ता पछि सकारात्मक बनेको विप्लब समूह र सरकारबीच भएको भद्र वार्तापछि सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेकोछ ।

सरकारी वार्ता टोली र विप्लवबीच आज भएको तीनबुँदे सहमतिमा सरकारद्वारा यसअघि लगाइएको प्रतिबन्ध हटाइएको हो ।

‘नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरु रहेका सहमतिको विस्तृत विवरण यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने छ,’ विज्ञप्तिमा उल्लेख छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

योसंग सरकारविरुद्ध भूमिगतरुपमा आन्दोलन गरिरहेको विप्लव समूह शान्तिपूर्ण बाटोमा अघि बढेकोछ ।