नेपालगन्ज २० फागुन : तीन चरणको वार्ता पछि सकारात्मक बनेको विप्लब समूह र सरकारबीच भएको भद्र वार्तापछि सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेकोछ ।
सरकारी वार्ता टोली र विप्लवबीच आज भएको तीनबुँदे सहमतिमा सरकारद्वारा यसअघि लगाइएको प्रतिबन्ध हटाइएको हो ।
‘नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरु रहेका सहमतिको विस्तृत विवरण यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने छ,’ विज्ञप्तिमा उल्लेख छ ।

योसंग सरकारविरुद्ध भूमिगतरुपमा आन्दोलन गरिरहेको विप्लव समूह शान्तिपूर्ण बाटोमा अघि बढेकोछ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं