भूमिगतरुपमा आन्दोलनरत विप्लव तीन वर्षपछि भोली सार्वजनिक हुने


भूमिगतरुपमा आन्दोलनरत विप्लव तीन वर्षपछि भोली सार्वजनिक हुने

नेपालगन्ज २० फागुन : भूमिगतरुपमा राज्यपक्षसंग आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । सरकार र विप्लव समूहबीच आज भएको तीनबुँदे सहमतिपछि उनी सार्वजनिक हुने भएका हुन् ।

भोलि (शुक्रबार) हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शार्म ओली र विप्लवले सम्बधोन गर्नेछन् । विप्लव पछिल्लो तीन वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

तीन चरणको वार्तापछि सकारात्मक बनेको विप्लब समूह र सरकारबीच भएको भद्र वार्तापछि सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध समेत फुकुवा गरेकोछ ।

सरकारी वार्ता टोली र विप्लवबीच आज भएको तीनबुँदे सहमतिमा सरकारद्वारा यसअघि लगाइएको प्रतिबन्ध हटाइएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

‘नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरु रहेका सहमतिको विस्तृत विवरण यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने छ,’ विज्ञप्तिमा उल्लेख छ ।

योसंग सरकारविरुद्ध भूमिगतरुपमा आन्दोलन गरिरहेको विप्लव समूह शान्तिपूर्ण बाटोमा अघि बढेकोछ ।