विप्लव समूहका सबै बन्दी रिहा गर्दै सरकार

सरकार र विप्लव समूहबीच सहमति ऐतिहासिक


विप्लव समूहका सबै बन्दी रिहा गर्दै सरकार

नेपालगन्ज २० फागुन : सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समुहबीच भएको सहमति अनुसार सरकारले विप्लव समूहका सबे कैदीबन्दी रिहा गर्नेभएकोछ ।

सरकार र विप्लव समूहबीच आज भएको तीनबुँदे सहमतिमा विप्लव समूहका सम्पूर्ण बन्दी रिहा गर्ने र मुद्दा खारेजीलगायका विषय अघि बढाउने उल्लेख छ । सोही अनुसार सरकारले पक्राउ परेका विप्लव समूहका नेता, कार्यकर्तालाई रिहा गर्ने तयारी गरेको हो ।

सो समूहका १३४ जना नेता–कार्यकर्ता हाल देशभरका विभिन्न जेलमा छन् । यही फागुन ९ गतेसम्म सो समूहका दुई हजार ८६ जना पक्राउ परेका छन् । जसमध्ये एक हजार ८ सय ४४ जना मुद्दा दर्तापछि छुटेका छन् भने १३४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार १८ जनाको मुद्दा अनुसन्धानको क्रममा छ । सरकारले ०७५ फागुन २८ गते सो समूहमाथि प्रतिबन्धको घोषणा गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैबीच, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहसँग भएको सहमति ऐतिहासिक भएको बताएका छन् ।

उनले बिहीबार फेसबुकमार्फत् सरकारले आफ्नो तर्फबाट तदारुकताका साथ काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ‘सरकारले आफूले गर्ने कार्य तदारुकताका साथ सम्पन्न गर्नेछ । अर्कोपक्षबाट पनि हामीले त्यही अपेक्षा गरेका छौँ,’ उनले लेखेका छन् ।

आज बालुवाटारमा भएको तेस्रो चरणको वार्तामा सरकार र विप्लव समूहबीच तीनबुँदे समहति भएको हो ।