चितवन २० फागुन : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओलीसंग मिलेर सरकारमा जान नसक्ने बताएकाछन् ।
आज बिहान भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।
‘अहिलेको अवस्थामा नेपाली काँग्रेस केपी शर्मा ओलीसँग मिलेर सरकारमा जान सक्दैन’ उनले भने ‘ओलीलाई सहयोग गर्नु काँग्रेसको नैतिकताबाहिरको कुरा हो ।’
नेता पौडेलले प्रचण्ड–नेपाल समूहसँग मिल्न सकिने संकेत गर्दै भने–‘अहिलेको अवस्थामा केपी ओलीलाई सपोर्ट गर्नु काँग्रेसको नैतिकताले दिँदैन बरु प्रचण्ड र माधवको विषयमा पोजिटिभली हुन सकिन्छ । यसमा पोजिटिभली छलफल हुन्छ ।’
पत्रकार सम्मेलनमा प्रचण्डले यसअघि धोका दिएको जिज्ञासाको जवाफ दिँदै नेता पौडेलले राजनीतिमा कसले कतिखेर धोका दिने भन्ने विषय नौलो नभएको आशय व्यक्त गर्दै ओलीबाहेकका पार्टीसँग मिलेर अहिलेको देशको संकट टार्नुपर्ने भनाइ राखे ।
देश यथास्थितिमा नरहने भन्दै उनले आन्तरिक रूपमा पार्टीभित्र सरकारमा जाने/नजाने विषयमा छलफल भइरहेको बताउँदै उनले भने, ‘अहिलेको आवश्यकता के हो, त्यहीअनुसार अघि बढ्नुपर्दछ ।’
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं