पुर्नस्थापित प्रतिनिधि सभाको बैठक ४ बजे बस्दै


पुर्नस्थापित प्रतिनिधि सभाको बैठक ४ बजे बस्दै

File Photo

नेपालगन्ज २३ फागुन : आज पुर्नस्थापित प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजे बस्दैछ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले आईतबार अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा बैठक आह्वान गरेकी थिइन् ।

सरकारले पुस ५ मा प्रतिनिधि सभा विघटन गरे पनि सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रतिनिधि सभा पुर्नस्थापना भएको थियो । सर्वोच्चले प्रतिनिधि सभा पुर्नस्थापनासँगै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन भनेको थियो ।

आजको बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ । यस्तै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् ।

Kanti Aarogya Hospital Nepalgunj

साथै आजको बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीले अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी र गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरी र प्रदेश प्रहरी, सामाजिक सुरक्षा, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशलगायत पेश गर्ने सम्भावित कार्यसूची छ ।