File Photo
नेपालगन्ज २३ फागुन : आज पुर्नस्थापित प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजे बस्दैछ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले आईतबार अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा बैठक आह्वान गरेकी थिइन् ।
सरकारले पुस ५ मा प्रतिनिधि सभा विघटन गरे पनि सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रतिनिधि सभा पुर्नस्थापना भएको थियो । सर्वोच्चले प्रतिनिधि सभा पुर्नस्थापनासँगै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन भनेको थियो ।
आजको बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ । यस्तै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् ।
साथै आजको बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीले अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी र गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरी र प्रदेश प्रहरी, सामाजिक सुरक्षा, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशलगायत पेश गर्ने सम्भावित कार्यसूची छ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं