नेपालगन्ज २३ फागुनः प्रतिनिधिसभाको सातौँ अधिवेशन शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आईतबार साँझ नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक शुरु भएको हो ।
सङ्घीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच छ महिनाभन्दा बढी समय खाली हुनु नहुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको छैठौँ अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकताबारे सर्वोच्च अदालतले फैसला गरेको तथा ओली र प्रचण्ड–नेपाल समूहबीचको विवादका रहेकै बेला भएको प्रतिनिधिसभा बैठकलाई महत्वका साथ हेरिएको छ । सर्वोच्चको फैसलाअनुसार नेकपाको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको पार्टीले पाएका छन् ।
अहिले प्रतिनिधिसभामा सर्वोच्चले बदर गरेको नेकपाका सभामुखसहित १७३, नेपाली काँग्रेसका ६१, जनता समाजवादी पार्टी (जसपा)का ३२ सांसदको प्रतिनिधित्व छ ।
सरकारले पुस ५ मा प्रतिनिधि सभा विघटन गरे पनि सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रतिनिधि सभा पुर्नस्थापना भएको थियो ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं