प्रचण्ड-माधव समुह बैठक: एमाले–माओबादी छुट्टिने


प्रचण्ड-माधव समुह बैठक: एमाले–माओबादी छुट्टिने

नेपालगन्ज २४ फागुन : प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ ।

आज पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको हो । योसंगै नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटीका अधिकांश सदस्यले अब आ–आफ्नो पार्टीभित्र नै लाग्नेछन् ।
अब पूर्वएमालेका नेताहरु एमालेमै र पूर्वमाओवादी नेताहरु माओवादीमै रहने बैठक निष्कर्ष पुगेको हो ।

यसअघि सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ ।

त्यसपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज भएको हो । अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटल अर्यालमा छलफल गरेका थिए ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा (एमाले)का १२० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् भने थप दुई जना पनि आफूहरूतिर आउने उनीहरूको दाबी छ । त्यस्तै नेकपा एमालेको साबिकको केन्द्रीय समितिमा पनि नेपाल समूह झण्डै बराबरीको हैसियतमा छ ।