नेपालगन्ज २५ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएकाछन् ।
एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले आज (मङ्गलबार) दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।
सर्वोच्च अदालतको निर्णयपछि पहिलोपटक प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
सर्वोच्च अदालतले आईतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामको विवादमा फैसला सुनाउँदै सो पार्टी ऋषि कट्टेलको नाममा रहने आदेश जारी गरेको थियो ।
त्यस्तै, नेकपा (एमाले) र माओवादी केन्द्र साबिककै अवस्थामा रहने पनि आदेश दिएको थियो ।
ओली सरकारमा अहिले पूर्वमाओवादी केन्द्रमा रहेकाहरू पनि मन्त्री छन् । यसैबीच सरकारले जारी गरेका केही अध्यादेश पनि संसदमा पेश गर्न बाँकी छ ।
आईतबारको संसद बैठकमा एउटा अध्यादेश पेस भए पनि बैठक अवरूद्ध भएपछि प्रक्रिया अघि बढ्न सकेको छैन ।