मान्छे खान पल्क्यो बर्दियाका बाघ

दुई वर्षमा १३ जनालाई खायो, स्थानीयबासी त्रसिद


दीपक शर्मा दीपक शर्मा   शुक्रबार, फागुन २८, २०७७
मान्छे खान पल्क्यो बर्दियाका बाघ

बर्दिया २८ फागुन : बर्दियामा पछिल्लो पटक वन्यजन्तु र मानव विचको द्वन्द्व चरम उत्कर्षमा पुगेको छ । मानव र वन्यजन्तुको द्वन्द्व चरम उत्कर्षमा पुगेपछि नियमितजसो वन्यजन्तुका कारण मानवलाई ठूलो क्षति भइरहेकोछ । मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएपछि ज्यान गुमाउने मानिसको सँख्या पनि बृद्धि हुदै गएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा हात्ति, बँदेल, बाँदर लगायतका वन्यजन्तुले किसानका खेतबारीमा नोक्सानि गर्ने कार्य सामान्य भएपनि पछिल्लो पटक नियमितजसो बर्दियाका बाघले मानिसलाई आफ्नो आहारा बनाउ थालेपछि स्थिति भयाभह हुदैँ गएको छ ।

मेहन्द्रराजमार्गको क्षेत्रमा होस् वा राजापुर–गुलरिया सडकक्षेत्र होस् यतिबेला बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रका कुनैपनि क्षेत्रमा बाघको खतरा बढेर आएकोछ । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर–३ स्थित सम्झना सामुदायिक वनमा फागुन २६ गते घाँस काट्न गएकी २९ वर्षिय रेनुका सुनारको बाघ आक्रमणमा परि मृत्यु भयो ।

बुधबार घाँस काट्न गएकी सुनार बेलुकासम्म घर नफर्किएपछि खोज तलास गर्दा सम्झना सामुदायिक वनमा बुधबार राति शव फेला परेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसअघि फागुन १७ गते सोमबार दिउँसो साढे एक बजे बर्दिया राजापुर नगरपालिका– १० का ६५ वर्षिय बृद्ध लालबहादुर थारु गेरुवा गाँउपालिका वडा नम्बर–६ बाझँपुर स्थित रहेको गेरुवा कर्णाली नदीको टापुमा भैसी चराउन गएका बेला बाघले झम्टेर लगेको थियो ।

थारुको खोजतलास गर्नेक्रममा सोदिन बेलुका पौने ७ बजे कर्णाली नदीको टापुदेखी अन्दाजी ३ सय मिटर उत्तर पुर्बमा रहेको झाडीमा क्षतविक्षत अवस्थामा उनको शव फेला परेको थियो ।

यस्तै गतको पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा यात्रा गरेकी कैलालीको लम्किचुहा नगरपालिका–४ कि ५० वर्षीया नन्दकला थापालाई बाघले झम्टेर लगेको थियो । त्यसको भोलीपल्ट बाघले आधा खाएको अवस्थामा उनको शव फेला परेको थियो ।

यस्तै गेरुवा गाउँपालिका १ बनखेतमा खेतबाट गोरु लिएर फर्किदै गर्दा बाघको आक्रमणमा परि एक जना घाइते भएका छन् । दिनभर खेतमा काम गरेका ३५ वर्षिय सरोज कार्की बेलुका करिब ५ बजेतिर गोरु लिएर घर फर्कदै गर्दा एक्कासी पछाडिबाट बाघले आक्रमण गर्दा उनको दुवै हात र ढाडको बायाँतर्फ कोतारिएको छ । उनको अवस्था अहिले सामान्य रहेको छ ।

पछिल्ला तीन महिनायता बाघ आक्रमणमा परी अनाहकमा ज्यान गुमानेहरुको यो घटना प्रतिनिधि घटना हुन् । बर्दियाको अम्रेनी–चिसापानी सडकखण्ड, खाता करिडोर र गेरुवा गाउँपालिका क्षेत्रमा मात्रै एक वर्षयता बाघको आक्रमणबाट आठ जनाको ज्यान गैसकेको छ ।

लगातार बाघको आक्रमणबाट मानिसको मृत्यु हुने क्रम नरोकिएता पनि बाघ आक्रमण न्यूनिकरणका लागि निकुञ्ज प्रशासनले कुनै ध्यान नदिएको स्थानीयबासीको गुनासो बढ्दै गएकोछ । बाघको आक्रमणबाट लगातार मानिसको मृत्यु हुँदा समेत निकुञ्ज गम्भीर नबन्दा यतिबेला स्थानीयबासी त्रसित र आक्रोसित बनेकाछन् ।

बर्दिया राष्ट्रिय निकञ्जसंग भारतको कतरनिया वन्यजन्तु आरक्ष जोडिएका कारण पनि सो क्षेत्रमा पछिल्लो समय वन्यजन्तुको चहलपहल बाक्लिएकोछ । वन्यजन्तु ओहोरदोहर गर्ने सो क्षेत्रमा आहाराको खोजीमा भौतारिने बाघले मानिसमाथि आक्रमण गर्न थालेपछि बर्दिया क्षेत्र बाघ आतंकले त्रसित बनेकोछ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार बाघ नियन्त्रणमा लिन फागुन २६ गते ज्यान गुमाएकी सुनारको शव भेटिएको स्थान वरिपरि ८ वटा सीसि टिभि जडान गरि बाघको लोकेसन पत्ता लगाउने काम भइरहेकोछ ।

बर्दियामा यसरी नियमित बाघले आक्रमण गरिरहेको अवस्थामा बाघ नियन्त्रणका लागि भन्दै राष्ट्रिय निकुञ्जले सिसि टिभि जडान गर्नु बाहेक अरु केहि काम गर्न सकिरहको छैन । मान्छे खान पल्केको बाघ निकुञ्ज आसपासका सामुदायिक वन र मानव बस्तीमा समेत बढि देखिने गरेको छ ।

बर्दियाको राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाउँपालिका, बारबर्दिया नगरपालिका र मधुवन नगरपालिकामा बाघको आक्रमणका घटनामा बृद्धि भएको छ ।

केही वर्षदेखि बाघको आक्रमण बढ्दै गएपछि दुई वर्षयता आक्रामक रुपमा बाघले आक्रमण गरी मानिसको ज्यानै लिने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विषुप्रसाद श्रेष्ठ बताउँछन् ।

चालु आर्थिक वर्षमा हाल सम्म ८ जना मानिसको बाघको आक्रमणमा परी मृत्यु भैसकेको छ । भने गत आर्थिक वर्षमा मात्रै ५ जना मानिसको बाघ आक्रणमा परि मृत्यु भैसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए ।

२०५५ साल देखि हाल सम्म १८ जना मानिसको बाघको आक्रमण बाट मृत्यु भएको छ । तर गएको दुइ वर्षमा मात्र १३ जना मानिसको मृत्यु भएको श्रेष्ठ बताउँछन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा बाघ आतंक बढ्दै गएपछि निकुञ्जले निकुञ्ज क्षेत्रमा घाँसदाउरा, वस्तुभाव चराउन र सो क्षेत्र भएर एक्लै हिडँडुल गर्न रोक लगाएकोछ । यद्यपी बाघ मानव बस्तीमै पसेर आक्रमण गर्न थालेपछि यसको दीर्घकालिन रोकथामका लागि निकुञ्जले चासो नदिएको स्थानीयबासीको भनाईछ ।

बाघले मानिसलाई खान पल्केको अवस्थामा आहाराका रुपमा बाघले मानिस नै खोज्दै हिँड्न थालेपछि अहिले अवस्था जटिल बन्दै गएको हो । बस्तु भाउ जोगाउन समेत अप्ठेरो भइरहेको अवस्थामा मानिसको समेत ज्यान वन्यजन्तुले खान थालेपछि स्थानीय त्रसित मात्र होइन नरभक्षि बाघ नियन्त्रण गर्नुपर्ने जोडदार माग उठाइरहेकाछन् । बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो तथ्यांक अनुसार बाघको संख्या ८७ पुगेको छ ।