कोहलपुर २९ फागुन : राप्रपा निकट कोहलपुर नगरपालिका महिला संगठनले वडा नम्बर १३ को वडा कार्यसमिति गठन तथा सक्रिय सदस्यता वितरण कार्यक्रम आज सम्पन्न गरेको छ ।
छुपु कुमारी डांगीको अध्यक्षतामा २७ सदस्यीय वडा कार्यसमिति चयन गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि हिक्मत ढकालले वर्तमान देशको राजनितिमा काङ्ग्रेस, कम्युनिष्ट असफल साबित भएको बताए ।
उनले भने –‘अब मुलुकलाई सहि दिशामा लैजानको निमित्त राप्रपालाई बलियो शक्तिको रुपमा स्थापित गर्नुपर्ने आवश्यकता रहेको भन्दै आगामि पार्टीको महाधिवेशनलाई भब्य र सभ्य बनाउने अभियानमा अघि बढ्न उनले जोड दिए ।’
कार्यक्रममा राप्रपा जिल्ला कोषाध्यक्ष तथा क्षेत्र नम्बर– १ का संयोजक यमबहादुर रावत, राप्रपा बाँकेका जिल्ला सदस्य लालबहादुर ओलि, जिल्ला सदस्य अर्जुनजंग शाह लगायतले आ–आफ्नो धारणा राखेको राप्रपा पार्टी प्रवक्ता श्रीधर सुवेदीले सेतोखरीलाई जानकारी दिए ।
कार्यक्रम महिला संगठन नगर अध्यक्ष एवं केन्द्रीय सदस्य लक्ष्मी हमालको सभापतित्वमा सम्पन्न भएको हो ।