माधव नेपाल समूहले बनायो समानान्तर संरचना


माधव नेपाल समूहले बनायो समानान्तर संरचना

नेपालगन्ज २९ फागुन : पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्दै नेपाल–खनाल निकट नेताहरुको जिम्मेवारी खोसेपछि काउन्टरमा समानान्तर संरचना खडा गरिएको छ ।

नेकपा एमालेका माधव नेपाल र झलनाथ खनाल समूहले समानान्तर संरचना बनाएका हुन् । शनिबार बसेको केन्द्रीय कमिटीले समानान्तर संरचना बनाएको हो ।

माधव नेपाल र झलनाथ खनाल समुहले बनाएको समानान्तर संरचनामा प्रदेश नम्बर–१ को संयोजकमा भीम आचार्य, प्रदेश नम्बर–२ मा घनश्याम भुसाल, बाग्मती प्रदेश संयोजकमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेश संयोजकमा सुरेन्द्र पाण्डे चयन भएकाछन् ।

यस्तै लुम्बिनी र कर्णाली प्रदेश संयोजकमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेश संयोजनको जिम्मेवारी भीम रावललाई दिइएको छ । युवा संगठनको जिम्मेवारी रघु पन्त, विद्यार्थी संगठन विभाग प्रमुख गोकर्ण विष्ट, प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई बनाइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

महिला विभाग प्रमुख अष्टलक्ष्मी शाक्य, बुद्धिजिवी विभाग प्रमुख प्रमेश हमाल, कानून विभागको प्रमुखको जिम्मेवारी गोविन्द वन्दी र टीकाराम भट्टराईलाई दिइएको छ ।