नेपालगन्ज २ चैत : राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाएकी छिन् । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई सो बैठकमा बोलाइएको छ ।
संसदमा नयाँ गठबन्धनको सरकार बनाउन बिभिन्न दलहरुले कसरत सुरु गरेका बेला राष्ट्रपतिले सर्वदलीय बैठक आह्वान गरेकी छन् । मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् । सो कदमको व्यापक विरोध भएको थियो ।
सो कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भनी बदर गरेको थियो । अदालतको अर्को आदेशबाट नेकपा विभाजित भएपछि अहिले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था बनेको छ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं