राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान


राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान

नेपालगन्ज २ चैत : राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाएकी छिन् । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई सो बैठकमा बोलाइएको छ ।

संसदमा नयाँ गठबन्धनको सरकार बनाउन बिभिन्न दलहरुले कसरत सुरु गरेका बेला राष्ट्रपतिले सर्वदलीय बैठक आह्वान गरेकी छन् । मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् । सो कदमको व्यापक विरोध भएको थियो ।

सो कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भनी बदर गरेको थियो । अदालतको अर्को आदेशबाट नेकपा विभाजित भएपछि अहिले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था बनेको छ ।