नेपालगन्ज ४ चैत : मस्तिष्क घातको उपचार गराइरहेका पूर्वमन्त्री एवम नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।
मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको र उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ ।
फागुन १४ गते शुक्रबार बिहान पौने ३ बजे शरीरको अंग नचलेपछि उनलाई वीर अस्पताल पु¥याइएको थियो । त्यसपछि थप उपचारका लागि नर्भिक भर्ना गरिएको थियो ।
केही दिनको उपचारपछि उनको अवस्था सुधार आएको थियो तर, फेरि गम्भीर भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
करिब २० दिनको निरन्तर उपचारपछि आज उनको स्वास्थ्य अवस्था नाजुक देखिएको र सुधारको सम्भावना कम भएको अस्पताल स्रोतले बताएको छ । जोशीको उपचारमा खटिएका चिकित्सहरूले जोशीको परिवारसँग परामर्श गरेका छन् ।
यता मष्तिष्कघात भइ अस्पतालमा उपचाररत पूर्वमन्त्री एव नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा समबेदना दिइरहेकाछन् । यद्यपी यो समाचार तयार पार्दा सम्म उनको स्वास्थ्य अवस्था जटिल रहेकोछ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं