काँग्रेसलाई बलियो बनाउन सुधारको आवश्यकता : वरिष्ठ नेता पौडेल


काँग्रेसलाई बलियो बनाउन सुधारको आवश्यकता : वरिष्ठ नेता पौडेल

नेपालगन्ज ४ चैत : नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई बलियो बनाउन सुधारको आवश्यकता रहेको बताएका छन् ।

नेपाली काँग्रेस बाँकेले आज पार्टी कार्यायल नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बरिष्ठ नेता पौडेलले मनोमानी ढंगले पार्टी सञ्चालन गर्दा थिति बस्न नसकेको जिकिर गरे ।

हुकुमी शैलीमा विधान विपरित पार्टी सञ्चालन गर्दा मतभेद बढेको प्रष्ट पार्दै उनले विधिसम्मत तरिकाले पार्टी सञ्चालन हुन नसक्दा अहिलेको स्थिति आएको दाबी गरे । संविधान र व्यवस्था नै उल्टाउने षड्यन्त्र भइरहेको दाबी गर्दै बरिष्ठ नेता पौडेलले संविधान र व्यवस्था जोगाउने दायित्व काँग्रेसको काँधमा आएको बताए ।

यस्तै नेपाली काँग्रेसका महामन्त्री डाक्टर शंशाक कोइरालाले काँग्रेसको मूल नेतृत्व नबदलेर काँग्रेस सुदृढ हुन नसक्ने जिकिर गरे ।

Kanti Aarogya Hospital Nepalgunj

‘एकताबद्ध काँग्रेसले मात्र मुलुकलाई उचित निकास दिन नसक्ने बताउदै सरकार वा चुनावमा कतै पनि कम्युनिष्टहरुसंग मिल्नु काँग्रेसका लागि घातक हुन्छ ।’ महामन्त्री डाक्टर कोइरालाले भने ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य डाक्टर शेखर कोइरालाले १४ औं महाधिवेशनपछि काँग्रेसका नेता कार्यकर्ताले अन्याय सहनु नपर्ने दाबी गर्दै सहमति, सहकार्य र एकताबाट सुदृढ काँग्रेस निर्माण हुने स्पष्ट पारे ।

त्यसैगरि केन्द्रिय सदस्य डाक्टर मिनेन्द्र रिजालले मुलुक अब ढिलो चाँडो निर्वाचन उन्मुख भएको भन्दै संविधानको बाटो भएर काँग्रेस चुनावमा जाने स्पष्ट पारे । संविधानलाई भत्काएर गरिने चुनाव काँग्रेसले नमान्ने रिजालको भनाई छ ।