ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसद्मा पेश गरिदैँ
बुधबार नेपाली काँग्रेस बाँकेले पार्टी कार्यायल नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला
नेपालगन्ज ५ चैत : नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले १० दिनभित्र काँग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले हप्ता दश दिनभित्र माओवादी र जसपासँग मिलेर काँग्रेसले सरकार बनाउने बताएका हुन् ।
‘१० दिनभित्र ओली सरकारको विकल्पका लागि संसद्मा अविश्वास प्रस्ताव दर्ता हुन्छ’, उनले भने, ‘काँग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्रीको विकल्प दिन्छन् ।’
संविधान नै धरापमा पार्ने प्रधानमन्त्री ओलीसँग सहकार्य नहुने प्रष्ट पार्दै आफैले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना भएपछि पनि पदमा बसिरहनु अनैतिक भएको भन्दै ओलीले आफै सरकार छोड्नुपर्ने उनले बताए ।
उनले अविश्वासको प्रस्तावपछि काँग्रेसको नेतृत्वमा चुनावी सरकार गठन हुने र मंसिरमा संघीय संसद्को निर्वाचन गराउनु पर्ने बताए । ‘काँग्रेसको नेतृत्वमा चुनावी सरकार गठन हुन्छ । त्यो सरकारले ताजा जनादेश लिएर देशलाई निकास दिनेछ’, उनले भने ।
उनले संविधान र संसदमाथि धावा बोलेका प्रधानमन्त्री ओली नेतृत्वको एमालेसँग मिलेर सरकारमा जान नहुने जिकिर गरेका छन् ।
यसअघि हिजो बुधबार नेपाली काँग्रेस बाँकेले पार्टी कार्यायल नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधान र व्यवस्था जोगाउने दायित्व काँग्रेसको काँधमा आएको बताएका थिए ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं