जानकी गाउँपालिका वाड नम्बर–३ का वडाअध्यक्ष बिन्देश्वरी बर्माले प्रयोग गर्ने भे १ ब १०९४ नम्बर प्लेटको सरकारी मोटरसाईकल । तस्विर: सेतोखरी
नेपालगन्ज: सरकारी सवारी साधनको सदूपयोग गर्न सरकारले यसअघि कडाई गरेको छ । सार्वजनिक विदाकै दिनमा सरकारी सम्पतीको दूरुपयोग भएको पाइएपछि यसतर्फ सरकारले कडाई गरेको हो । अन्य दिनबाहेक सार्वजनिक विदाका दिन सरकारी सवारी साधन चलाउनै परेमा सम्बन्धित कार्यालयले प्रमुख जिल्ला अधिकारीको अनुमति बेगर चलाउन पाइदैन ।
त्यसो गरेको पाइएमा कानूनी कारबाही हुने प्रावधान छ । तर, सार्वजनिक सावारी साधनको दुरुपयोग हुने गरेको घटना हामीमाझ नौलो भएन । यद्यपी नेपालगन्जमा एउटा त्यस्तो घटना बाहिर आएको छ, जसले सवैको ध्यान तानेकोछ । त्यो के भने सवारी चालक अनुमती पत्र नै नभएका एक वडा अध्यक्षका छोराले सरकारी सवारी साधन आफ्नो निजी काममा प्रयोग गरिरहेका छन् ।
घटना हो, बाँकेको जानकी गाउँपालिका वाड नम्बर–३ का वडाअध्यक्ष बिन्देश्वरी बर्माले प्रयोग गर्ने भे १ ब १०९४ नम्बर प्लेटको सरकारी मोटरसाईकल उनका छोराले आफूअनुकुल दुरुपयोग गरिरहेकाछन् ।
सरकारी प्रयोजनको लागि प्रयोग हुने उक्त गाउँपालिकाको मोटरसाईकल यतिखेर नेपालगन्जमा खुलेयाम दुरुपयोग भइरहेको छ । वडाअध्यक्ष बिन्देश्वरी बर्माका छोराले सो मोटरसाईकल विहान बेलुकाको समयमा निजि सवारी साधनसरह प्रयोगमा ल्याइरहेका छन् ।
सरकारी नम्बर प्लेट चलाउने वडा अध्यक्ष विन्देश्वरी बर्माका छोराको भने सवारी चालक अनुमती पत्र नभएको समेत खुल्न आएकोछ । होलिल्याण्डमै अध्ययनरत एक छात्राले नाम नछाप्ने शर्तमा भने उनीसगं लाइसेन्स छैन ।
मोटरसाईकल चलाउन सवारी चालक अनुमती पत्र (लाइसेन्स) हुन आवश्यक छ । बुवा वडा अध्यक्ष, त्यसैमा सरकारी नम्बर प्लेटको मोटरसाईकल प्रहरी र ट्राफिकको चेकिङ्गको झण्झट नै नहुने भएपछि उनका छोराले गाँउपालिकाको मोटरसाईकल दुरुपयोग गरिरहेको रहस्य बाहिर आएको हो । यसरी सवारी साधन अनुमती बेगर सरकारी नम्बर प्लेटको सवारी नेपालगन्जका गुडिरहँदा पनि ट्राफिक प्रहरीले चाल पाउन सकेकोछैन ।
नेपालगन्ज स्थित होलिल्याण्ड माविमा अध्ययनरत उनका छोराले लामो समयदेखि सो मोटरसाईकल चलाइरहेकाछन् । बिद्यालय जानआउन उनले लामोसमयदेखि प्रयोगमा ल्याईरहेकाछन् । कतिपय उनका साथीहरु पनि सोही मोटरसाईकलको सयर गर्दै आफ्नो घर पुगेको बताउछन् ।
नेपालगन्जको होलिल्याण्ड माविमा अध्ययन गर्दै आएका वडा अध्यक्षका छोराले आज आईतबार उक्त मोटरसाईकल लिई बिद्यालय आएको बेला स्थानीय एक पत्रकारले फेला पारेका थिए ।
पत्रकारले उनको फोटो खिचेर उनीसंग सोधपुछ गरे, वडा अध्यक्ष बर्माका छोराले घरी बुवाले कलेज छोड्न आउनुभएको हो, घरी बिग्रेकोले बनाउन ल्याएको हुँ भन्दै सत्य ढाकछोप गरे । मोटरसाईकल चलाएर जान लागेका बर्माका छोरालाई पत्रकारले पुनः प्रश्न गर्दै भने ‘४–५ दिन देखि तपाईले यो मोटरसाईकल प्रयोग गरिरहनु भएको छ, मैले देखिराकोछु नी भन्दा वडा अध्यक्षका छोराले अन्ततः गल्ति भयो अबदेखि प्रयोग गर्दिन भन्दै उनी त्यहाँबाट तर्किए ।
यसरी बारम्बार सरकारी गाडिको दुरुपयोग हुँदा पनि सम्बन्धित पक्ष मौन रहेको छ । सम्बन्धित पक्षले यस्ता क्रियाकलापमा बिशेष ध्यान दिन जरुरी छ । सो विषयमा थप बुझ्न जानकी गाउँपालिका वाड नम्बर–३ का वडाअध्यक्ष बिन्देश्वरी बर्माको मोबाईल नम्बर ९८४८१४६१७८ मा सम्र्पक गर्दा स्वीच अफ पाइएको थियो ।