नेपालगन्ज ८ चैत : नेपाल पत्रकार महासंघ चुनावी प्रकृयामा अघि बढेकोछ । आगमी चैत २५ गते महासंघको चुनाव हुदैछ । यसका लागि महासंघले हिजो शनिबार निर्वाचन कार्यतालिका समेत प्रकाशन गरिसकेकोछ । निर्वाचन कार्यतालिका सार्वजनिक गरेसंगै महासंघको चुनावी प्रकृया आजदेखि शुरु हुदैछ ।
महासंघ निर्वाचनको प्रकाशित तालिका अनुसार आज मतदाता नामावली प्रकाशन गरिँदैछ । आज बेलुकी सवा ५ बजे सम्ममा मतदाता नामावली प्रकाशन गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । हरेक निर्वाचनमा झैं यो पटक पनि महासंघमा सदस्यताको विवाद कायम रहेको छ ।
गैर पत्रकारलाई सदस्यता वितरण गरिएको लायतका विषयमा विवाद आएपछि विवाद समाधानका लागि बिहानैदेखि पत्रकार संघ संगठनहरुको आन्तरिक छलफल चलेको छ । महासंघको संशोधित विधानअनुसार यसपटक जिल्ला, प्रदेश र केन्द्रको एकैदिन चुनाव हुदैछ ।
सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउने छन् । मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइनेछ । आज मतदाताको मतदाता नामावली प्रकाशन गरेपछि त्यस उपर दाबी विरोध भोलि (सोमबार) दिउँसो साढे १२ बजेदेखि चैत १० गते दिउँसो साढे १२ बजेसम्म गर्न पाउने तालिका छ । यस्तै मतदाताको अन्तिम नामावली भने चैत ११ गते दिउँसो ४ बजे प्रकाशन गरिने छ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं