नेपालगन्ज ९ चैत : नेपाली काँग्रेसमा बाँकेसहित ९ जिल्लाले अझैं क्रियाशील सदस्यताको विवरण पठाएको छैन ।
काँग्रेसको महाधिवेशन कार्यतालिका अनुसार एक निर्वाचन क्षेत्र भएका जिल्लाहरुले क्रियाशील सदस्यता वितरण तथा नविकरणको सबै तथ्यांक चैत १० गते भित्र सबै केन्द्रमा पठाइसक्नुपर्ने थियो ।
बाँके, बर्दिया, डोल्पा, रुकुम पूर्व, रसुवा, बारा, सिराहा, सप्तरी र धनुषाले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्यांक केन्द्रमा पठाएको छैन । योसंगै क्रियाशील सदस्यताको विवरण नपठाउने जिल्लाले महाधिवेशनमा भाग लिन नपाउने भएकाछन् ।
क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले सोमबार पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरुलाई यसबारे ब्रिफिङ गरेका हुन् ।
लेखकका अनुसार हालसम्म २ लाख १२ हजार ५१९ जनाको क्रियाशील सदस्यता नवीकरण भएको छ भने १ लाख ८० हजार २७५ नयाँ वितरण भएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रले नयाँ वितरण तथा जिल्ला कार्यसमितिले सदस्यता नवीकरणको तथ्यांक केन्द्रमा पठाउने जिम्मेवारी पाएको छ । तर हालसम्म २०७ ठाउँबाट तथ्यांक इन्ट्री भएको र ६९ ठाउँबाट सुरु नै नभएको लेखकले बताए ।
समयमै यो काम नगर्ने जिल्लालाई महाधिवेशनमा भाग लिनबाट रोक्ने केन्द्रीय कार्यसमितिको यसअघिको निर्णय छ । लेखकका अनुसार अहिले यो निर्णय लिइहाल्ने अवस्था छैन । ‘समस्याहरुबारे बताएको छु, उहाँहरुले छलफल गरेपछि एउटा टुंगोमा पुग्छौं’ संयोजक लेखकले भनेका छन् ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं