जानकीका युवालाई सीपमुलक तालिम


जानकीका युवालाई सीपमुलक तालिम

नेपालगन्ज: लागु औषध दुव्र्यसनी न्यूनिकरणका लागि जानकी गाँउपालिकाले सक्रियता देखाएकोछ । पछिल्लो समय गाँउपालिकाका युवाहरु लागु औषधको दुव्र्यसनिमा पर्दा सिङ्गो गाँउपालिका बद्नाम हुनेहुँदा यसतर्फ सक्रिय भएको हो ।

गाँउपालिकामा विशेषगरि १२ देखि ३० वर्षका युवायुवतिहरु कुलतमा फसेकाले उनीहरुलाई त्यसबाट उन्मुक्ति दिन गाँउपालिकाले युवा लक्षित कार्यक्रमलाई अगाडी बढाएकोछ । सोही अभियान अन्र्तगत जानकी गाँउपालिकाका युवालाई लक्षित गर्दै सीपमुलक तालिम मार्फत लागुऔषध दुव्र्यसनीबाट हटाउने प्रयासको थालनी गरेकोछ ।

जानकी गाँउपालिका र विहानी युवा क्लबको संयुक्त आयोजनामा गाँउपालिकाका ३५ जना युवालाई हाउस वायरिङ्गको स्पेशल प्याकेज प्रदान गर्दैछ । चैत्र १९ गतेदेखि गाँउपालिकामा सञ्चालन हुने सो तालिम २० दिन सम्म चल्नेछ । प्रत्येक वडाबाट पाँच जना युवाको सहभागिता रहने सो तालिमको औपचारिक उद्घाटन आज नेपालगन्जमा समेत गरिएको छ ।

गाँउपालिकाका अध्यक्ष रामनिवास यादवको अध्यक्षतामा भएको उद्घाटन शत्रमा गाँउपालिकाका उपाध्यक्ष भूमिसरा धिताल, गाँउपालिकाका सवै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा युुवाहरुको सहभागिता रहेको विहानी युवा क्लबका अध्यक्ष केशव शर्माले बताए । उनले भने वडा नम्बर १ देखि ३ वडा र वडा ४ देखि ६ वडाका सहभागिहरुलाई विभिन्न दुई सिफ्टमा राखि तालिम सञ्चालन गरिनेछ । गाँउपालिकाको लक्षित वर्ग विकास कार्यक्रम अन्र्तगत सो तालिम प्रदान गरिदैछ ।