नेपालगन्ज १० चैत : पत्रकार महासंघ बाँकेको लेटरप्याड र सचिवको हस्ताक्षर किर्ते गरिएको पाइएकोछ ।
पत्रकार महासंघ बाँके शाखाका सचिव तिलक गाउँलेले पत्रकार महासंघ बाँकेको लेटरप्याड र आफ्नो हस्ताक्षर किर्ते भएको भन्दै कागजातसहित आफ्नो फेसबुक वालमा पोष्ट गरेका छन् ।
यहि चैत २५ गते हुन लागेको पत्रकार महासंघको चुनावका लागि काठमाण्डौंदेखि नेपालगन्ज सदस्यता सार्न महासंघ बाँके शाखाको लेटरप्याड र सचिवको किर्ते हस्ताक्षर प्रयोग गरिएको देखिन्छ ।
उक्त पत्रमा २०७७ भदौ १२ गतेको मिती उल्लेछ । महासंघको चुनावका लागि ९ जना सदस्य सार्न खोजिएको छ । जसमध्ये अधिकांश धिताल छन् ।
उक्त लेटरप्याडमा महासंघ बाँके शाखाका तर्फबाट पत्रकार महासंघ केन्द्रिय कार्यालयलाई सदस्यता स्थानान्तरण सम्बन्धमा पत्र लेखिएको छ । महासंघ बाँकेका सचिव गाउँलेले पत्र फेसबुकमा पोष्ट गर्दै लेखेकाछन्–‘यो हदसम्मको बेइमानी त अत्ति भयो । नेपाल पत्रकार महासंघ बाँके शाखाको लेटरप्याड र मेरो हस्ताक्षरको किर्ते गरि साथीहरुले कुन खेल खेल्न खोजेका हुन् ?’
पत्रमा ‘नेपाल पत्रकार महासंघ, रेडियो थाहा सञ्चार प्रतिष्ठान, बबरमहल काठमाण्डौं शाखाका तपशिलमा उल्लेखित गरिएका सदस्यहरुलाई बाँके शाखामा स्थानान्तरण गर्नका लागि स्विकृत गरिदिन हुन अनुरोध छ ।’ भनि लेखिएकोछ ।
काठमाण्डौंबाट नेपालगन्ज सार्न खोजिएका सदस्यहरुमा नारायण धिताल, संदीप देउला, दीपेन्द्र धिताल, अन्तिम प्रसिद्ध धिताल, सागर भण्डारी, पवनकुमार चौधरी, निशा परियार चौधरी, सरिता जिसी र कृष्ण चौधरी रहेका छन् ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं