उच्च अदालत बारमा सर्वसम्मत


उच्च अदालत बारमा सर्वसम्मत

नेपालगन्ज १८ चैत : उच्च अदालत बार एशोसिएशन नेपालगन्जको नेतृत्व सर्वसम्मत रुपमा चयन हुने निश्चित भएको छ ।

नेपालगन्ज उच्च अदालत बार एशोसिएसनमा बुधबार उम्मेदवारी दर्ता गर्ने क्रममा पदाधिकारी लगायत सदस्यमा एकल उम्मेदवारी दर्ता भएपछि नेतृत्व सर्वसम्मत हुने पक्कापक्कि भएकोछ ।

विभिन्न पेशागत कानून ब्यवसायीका अगुवाको रोहवरमा पदाधिकारी लगायत सदस्य पदमा एक–एक जनाको मात्र उम्मेदवारी परेपछि नेतृत्व सर्वसम्मत रुपमा चयन गरिने भन्दै निर्वाचन समितिको कार्यालयले पहिलो नामावली सार्वजनिक गरेकोछ ।

सहमति अनुसार, अध्यक्षमा प्रजातान्त्रिक कानून ब्यवसायीका शिवकुमार श्रेष्ठको मात्र उम्मेदवारी परेको छ । भने, उपाध्यक्षमा चित्रबहादुर केसी, सचिवमा पदम पाण्डे र कोषाध्यक्षमा सुर्जलाल थारुले मात्र उम्मेदवारी दिएका छन् । केसी र थारु प्रजातान्त्रिक कानून ब्यवसायी र पाण्डे एमाले निकट पेशागत तथा प्रगतिशील कानून ब्यवसायी संगठनमा आबद्ध छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

एक पदमा एकजनाको मात्र उम्मेदवारी परेकोले सबैजना निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अर्जुनकुमार पोख्रेलले बताए ।

त्यसैगरि, सदस्यमा पुरुषोत्तमकुमार डाँगी, विक्रम भण्डारी, गणेशमान केसी, रामचन्द्र घिमिरे, मोहनविक्रम अर्याल, राकेशकुमार सोनी, कुम्भराज मिश्र, कर्णबहादुर केसी र अमृता केसीको मात्र उम्मेदवारी परेकोले सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिका विनोदकुमार गुप्ताले जानकारी दिए ।