युनियनसहित बाँकेका ४ संगठनको संयुक्त सहकार्य


युनियनसहित बाँकेका ४ संगठनको संयुक्त सहकार्य

नेपालगन्ज १८ चैत : बाँकेमा क्रियाशिल चार वटा पत्रकारका संगठनबिच सहकार्य हुने भएकोछ ।

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै बाँकेमा क्रियाशिल ४ वटा संगठनबीच सहकार्यका लागि सहमति भएको हो ।

नेपाल पत्रकार महासंघको यहि चैत २५ गते निर्वाचन हुँदैछ । जसका लागि बाँकेमा क्रियाशिल नेपाल प्रेस युनियन बाँके शाखा, प्रेस संगठन नेपाल, प्रगतीशिल पत्रकार संघ र प्रेस चौतारी नेपाल (माधव नेपाल पक्ष)बीच सहकार्यका लागि सहमती भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

महासंघको निर्वाचन केन्द्रित बुधबार नेपाल प्रेस युनियन बाँके शाखाको कार्यालयमा केन्द्रिय एलाईन्सका आधारमा बाँकेका चार वटा पत्रकारका संगठनबीच सहकार्यका लागि सहमती गरिएको युनियन अध्यक्ष अर्जुन ओलीले जानकारी दिए ।

चार संगठनले केपी ओली सरकारको प्रतिगामी कमद बिरुद्ध स्पष्ट सन्देश दिन ब्यवसायीक पत्रकारहरुबिच बृहत्तर एकता कामय गर्ने, महासंघको आसन्न निर्वाचनका लागि पत्रकार संगठनबिच केन्द्र र प्रदेशको सम्झौता, सहकार्य अनुसार साझा र समावेशी नेतृत्व चयन गर्ने, प्रेस स्वतन्त्रता विरोधी कानून खारेजीका लागि पहल गर्ने र श्रमजिवी पत्रकारहरुको पेशागत र ब्यवसायीक हक, हितका पक्षमा खबरदारी गर्ने लगाएतका प्रतिवद्धता पत्रमा समेत हस्ताक्षर गरिएको छ ।

साझा प्रतिबद्धता पत्रमा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस संगठन बाँकेका संयोजक डक्ट प्रसाद धिताल, प्रगतिशिल पत्रकार संघ बाँकेका अध्यक्ष बिनोद पौडेल र प्रेस चौतारी नेपाल (माधव नेपाल पक्ष) का नेता गोबिन्द शर्माले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।