नेपालगन्ज १८ चैत : बाँकेमा क्रियाशिल चार वटा पत्रकारका संगठनबिच सहकार्य हुने भएकोछ ।
नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै बाँकेमा क्रियाशिल ४ वटा संगठनबीच सहकार्यका लागि सहमति भएको हो ।
नेपाल पत्रकार महासंघको यहि चैत २५ गते निर्वाचन हुँदैछ । जसका लागि बाँकेमा क्रियाशिल नेपाल प्रेस युनियन बाँके शाखा, प्रेस संगठन नेपाल, प्रगतीशिल पत्रकार संघ र प्रेस चौतारी नेपाल (माधव नेपाल पक्ष)बीच सहकार्यका लागि सहमती भएको छ ।

महासंघको निर्वाचन केन्द्रित बुधबार नेपाल प्रेस युनियन बाँके शाखाको कार्यालयमा केन्द्रिय एलाईन्सका आधारमा बाँकेका चार वटा पत्रकारका संगठनबीच सहकार्यका लागि सहमती गरिएको युनियन अध्यक्ष अर्जुन ओलीले जानकारी दिए ।
चार संगठनले केपी ओली सरकारको प्रतिगामी कमद बिरुद्ध स्पष्ट सन्देश दिन ब्यवसायीक पत्रकारहरुबिच बृहत्तर एकता कामय गर्ने, महासंघको आसन्न निर्वाचनका लागि पत्रकार संगठनबिच केन्द्र र प्रदेशको सम्झौता, सहकार्य अनुसार साझा र समावेशी नेतृत्व चयन गर्ने, प्रेस स्वतन्त्रता विरोधी कानून खारेजीका लागि पहल गर्ने र श्रमजिवी पत्रकारहरुको पेशागत र ब्यवसायीक हक, हितका पक्षमा खबरदारी गर्ने लगाएतका प्रतिवद्धता पत्रमा समेत हस्ताक्षर गरिएको छ ।
साझा प्रतिबद्धता पत्रमा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस संगठन बाँकेका संयोजक डक्ट प्रसाद धिताल, प्रगतिशिल पत्रकार संघ बाँकेका अध्यक्ष बिनोद पौडेल र प्रेस चौतारी नेपाल (माधव नेपाल पक्ष) का नेता गोबिन्द शर्माले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं