लुम्बिनी प्रदेशका उम्मेदवारको प्रथम नामावली सार्वजनिक

निर्वतमान सचिव चौलागाई उपाध्यक्षमा लड्दै


लुम्बिनी प्रदेशका उम्मेदवारको प्रथम नामावली सार्वजनिक

नेपालगन्ज १९ चैत : नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले उम्मेदवारहरुको पहिलो नामावली सार्वजनिक गरेकोछ । आगामी चैत २५ गते हुने महासंघ निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको पहिलो नामावली सार्वजनिक गरिएको हो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश निर्वाचन समितिका संयोजक सुदीप गौतमका अनुसार अध्यक्षसहित सदस्यमा ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली अन्र्तगत आगामी चैत २५ गतै एकैपटक केन्द्र, प्रदेश र जिल्लामा महासंघको आगामी नेतृत्वका लागि निर्वाचन हुदैछ ।

प्रदेशको निर्वाचनका लागि पदाधिकारी अध्यक्ष, उपाध्यक्ष, उपाध्यक्ष(महिला) महासचिव, सचिव, सचिव (समावेशी) र कोषाध्यक्षमा एक/एक जना, खुला सदस्यमा ५ जना, महिला सदस्यमा ३ जना, दलित सदस्यमा १ जना, आदिवासी/जनजाती सदस्यमा २ जना, मधेशी सदस्यमा २ जना र अल्पसंख्यक सदस्यमा १ जनाले उम्मेदवारी दर्ता गराएको लुम्बिनी प्रदेश निर्वाचन समितिका संयोजक गौतमले जानकारी दिए ।

उम्मेदवारी दर्ता गराउनेमा अध्यक्ष पदमा घनश्याम गौतम, बसन्त गिरी र भरत केसीको उम्मेदवारी रहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै उपाध्यक्ष पदमा गणेश कुमार आचार्य, माधव भाट, शिवलाल सुबेदी, शुक्रऋषि चौलागाईको उम्मेदवारी रहेकोछ । चौलागाई महासंघको निर्वतमान प्रदेश सचिव हुन् ।

उपाध्यक्ष (महिला) तर्फ चुमा आचार्य र पुष्पा खनालको उम्मेदवारी रहेकोछ । भने महासचिवमा गोविन्द प्रसाद शर्मा, विक्रम खड्का, विश्वराज पछलडङ्या चौधरी र श्यामलाल पोख्रेलको उम्मेदवारी रहेकोछ ।

सचिव पदमा काशीराम शर्मा, जयसिंह केसी, नरेश केसी, तिलक गाउँले, रमेश पोखरेलको उम्मेदवारी रहँदा सचिव (समावेशी) तर्फ राजेन्द्र रावत क्षेत्री र शिवकुमार सुनारको उम्मेदवारी रहेकोछ ।

कोषाध्यक्षमा नन्दराम पौडेल, नवराज भुसाल र यमनाथ घिमिरेको उम्मेदवारी रहेकोछ । यी सबै पदाधिकारीमा एक÷एक जना छनोट हुनुपर्ने हुन्छ ।
यस्तै महासंघको सदस्य (खुला) तर्फ किरण विक्रम शाह, कुलराज बञ्जाडे, केशर बहादुर रोका, केशरमान बिसी, गोपाल भण्डारी, जीवन डाँगी, देविराम बञ्जाडे, प्रेम नारायण आचार्य, भुवन कार्की, माधवराज न्यौपाने र सुनिल कुमार पोख्रेलको उम्मेदवारी रहेकोछ । सदस्य (खुला) तर्फ ५ जना चुनिनेछन् ।

यसैगरी सदस्य (महिला) तर्फ पार्वती आचार्य, पार्वती बस्नेत, मिना ढकाल, सरला सुबेदी र सावित्री रसाइलीले उम्मेदवारी दिएका छन् । जसमध्ये तीन जना छनोट गर्नुपर्ने हुन्छ ।

सदस्य (दलित) तर्फ गोविन्द बिक, चिन्ता बहादुर दर्जी र शान्ती बिकको उम्मेदवारी छ । यसबाट एक जना छनोट हुनेछ । भने सदस्य (आदिवासी÷जनजाति) तर्फ गणेश सारु, टेक बहादुर मास्की (एक), भिम प्रसाद गुरुङ र सनु थापाले उम्मेदवारी दर्ता गराएकाछन् । यसबाट दुई जना छानिनेछन् ।

यस्तै सदस्य (मधेशी) तर्फमा अंकुश कुमार श्रीवास्तव, तुलसीराम यादव, बिन्दु कुमार चौहान र राम विकास चौधरीले उम्मेदवारी दर्ता गराएकाछन् । यसबाट दुई जनालाई छनोट गरिनेछ । भने सदस्य (अल्पसंख्यक) ओरीराम चौरसिया र मोहम्मद आरिफ अन्सारीले उम्मेदवारी दर्ता गराएकाछन् । यसबाट एक जनालाई चुन्नुपर्ने हुन्छ ।