File Photo
नेपालगन्ज २९ चैत : राजा ज्ञानेन्द्र शाहले अब धर्म बचाउने बेला भएको बताएका छन् ।
हरिद्वारमा महाकुम्भ मेलामा दिएको सन्देशमा उनले भनेका छन्,‘अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरुको विकास गर्नु छ । हाम्रा गंगा नद नदीहरुको प्रवाह स्वच्छ पार्नुछ । भगवान रामले भन्नुभएको थियो अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी भन्ने सद्युक्तिको ख्याल हामीले राख्नैपर्छ ।’
‘कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातीनय संस्कारमा ह्रास आएको कुरा साँचो हो ।’
केही दिन अघि मात्र महाकुम्भ मेलाका लागि राजा ज्ञानेन्द्र भारत गएका थिए । उनले महाकुम्भ मेला स्थल हरिद्वारबाट दिएको यो सन्देशले यतिबेला नेपाली राजनीतिमा विशेष चासोका साथ हेरिएकोछ ।