नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरमा महिला उद्यमशिलता प्रर्बद्धनका लागि पाँच दिने कुक तालिम सुरुवात गरिएकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० को आयोजना तथा एकिकृत सामाजिक विकास केन्द्र (आइएसडीसी) नेपालको सहजिकरणमा सो तालिम सञ्चालन ल्याइएको हो । आगामी चैत्र २४ गते सम्म सञ्चालन हुने सो तालिममा वडाका १५ जना महिलाहरुको सहभागिता रहेकोछ ।
महिलाका लागि कुकु तालिमको औपचारिक उद्घाटनमा बोल्दै वडाका वडा सदस्य नर बहादुर विष्टले लक्षित वर्गहरुको उत्थानका लागि सीप प्रदान गर्न तालिमको आयोजना गरिएको बताए । वडामा पहिलो पटक कुक सम्बन्धि तालिम प्रदान गरिएकोले यसको भरपुर मात्रामा फाईदा लिन सहभागिहरुलाई आग्रह गरे ।
यस्तै कार्यक्रममा एकिकृत सामाजिक विकास केन्द्र (आइएसडीसी) नेपालका अध्यक्ष चित्र बहादुर केसीले व्यवसायिक सीपमुल तालिममार्फत महिलाहरुको क्षमता अभिबृद्धि गर्नुका साथै स्वरोजगार बन्न सक्ने विश्वास ब्यक्त गरे । वडाको लक्षित वर्ग विकास कार्यक्रम अन्र्तगत महिलालाई आधारभूत कुक तालिम भृकुटी नगर स्थित टोल विकास समितिको कार्यालयमा भइरहेकोछ ।
वडा सदस्य वसान्ता जोशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य राजमति वसखोर, वडा सचिव धनबहादुर थापा, वडा कार्यालयकी रजनी खनाल, आइएसडीसीका कार्यकारी निर्देशक वीरबहादुर हमाल, कार्यक्रम संयोजक शेरबहादुर रौले लगायतको उपस्थित रहेको थियो ।