नेपालगन्ज : बाँकेको कोहलपुर नगर शिक्षा समितिले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियान संचालन गर्ने भएको छ । नयाँ शैक्षिक शत्र नजिकिदै जाँदा नगरभित्रका सामुदायिक बिद्यालयहरुमा बिद्यार्थी भर्नाका अभियान संचालन गर्ने तयारी नगर शिक्षा समिति जुटेको हो ।
सबै वर्ग तथा समुदायका विद्यार्थीहरुले निजी बिद्यालयको महंगो शुल्क तिर्न नसक्ने भएकाले सामुदायिक बिद्यालको शैक्षिक गुणस्तरमा समेत सुधार गर्नुपर्ने कोहलपुर नगर शिक्षा समितिका प्रमुख राम सुरेश यादबले बताएका छन । कोहलपुर क्षेत्रमा २९ वटा सामुदायिक बिद्यालय संचालनमा रहेपनि बिद्यार्थीको संख्या भने न्यून रहेको यादवले बताए ।
पछिल्लो समय कोहलपुर क्षेत्रका सामुदायिक बिद्यालयहरुमा समेत अंग्रेजी माध्यमबाट पठन–पाठक सुरु गरिएको बताउँदै यादवले भने, ‘आगामी शैक्षिक शत्रदेखि सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयको भन्दा राम्रो हुनेछ ।’ अहिले त्रिभुवन माध्यमिक बिद्यालय र शिबशक्ति माध्यमिक बिद्यालयमा कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा पठनपाठक हुँदै आएको छ भने ज्ञानज्योति माध्यमिक बिद्यालयले पनि ८, ९ र १० कक्षामा अँग्रेजी माध्यमबाट अध्यापन गराईरहेको यादवले बताए ।
‘कोहलपुर नगरपालिकाको कार्यपालिकाले शैक्षिक शत्र २०७५ देखि सबै सामुदायिक बिद्यालयहरुमा कक्षा १ मा अँग्रेजी माध्यम लागु
गरेको छ’ यादवले भने ‘अब नयाँ शैक्षिक शत्रदेखि सबै विद्यालयले कम्तीमा २ कक्षासम्म अँग्रेजी माध्यममा वठनपाठन गर्नुपर्ने योजना लागु गर्ने तयारीमा छौं ।’ स्थानिय स्तरमा सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर राम्रो नभएको भ्रम फैलिएको भएपनि सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर राम्रो भएको यादवले दावी गरे ।
कोहलपुरमा रहेको त्रिभुवन माध्यमिक बिद्यालयमा अँग्रेजी माध्यमको पढाई शुरु भएसंगै निजि विद्यालयहरुका बिद्यर्थीहरु त्रिभुबन माध्यमिक बिद्यालयमा भर्ना हुन जानु नै सामुदायिक बिद्यालयको उपलब्धी रहेको यादब बताउँछन । यादवले विद्यालयको पहुँचबाट बाहिर रहेका वालवालिकाहरुलाई विद्यालयसम्म पु¥याउन भर्ना अभियान संचालन गरिने बताए । चालु शैक्षिक शत्रामा कोहलपुर क्षेत्रमा रहेका सामुदायिक बिद्यालयहरुमा १० हजार ७ सय ८५ बिद्यार्थी अध्यनरत रहेका छन् ।