नेपालगन्ज: नेपाल बार एशोसिएसनको बृहत लोकतान्त्रिक समूहका प्रदेश ५ बाट केन्द्रीय उपाध्यक्ष सुनीलकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
निर्वाचित प्रदेश पाँचका उपाध्यक्ष श्रेष्ठ सद्भाव दैनिकका कानूनी सल्लाहकार हुन् । बिहीबार बेलुका सकिएको मतगणना अनुसार उपाध्यक्ष निर्वाचित भएका हुन् ।
यस्तै, कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । यद्यपी मतगणना सकिए पनि निर्वाचन समितिले मतपरिणाम भने सार्वजनिक गरेको छैन ।