लुम्बिनी प्रदेशका दुई मन्त्रीद्वारा राजीनामा


लुम्बिनी प्रदेशका दुई मन्त्रीद्वारा राजीनामा

नेपालगन्ज ६ वैशाख : लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै दुई मन्त्रीले राजीनामा दिएका हुन् ।

राजीनामा दिने मन्त्रीहरुमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन् ।

यसअघि लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । ४१ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको हो । नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

८७ सदस्यीय लुम्बिनी प्रदेशमा अहिले ८५ सदस्य कायम छन् । दुई जना सांसद नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेपछि उनीहरुलाई पदमुक्त गरिएको छ ।
प्रदेशमा एमालेका ४१ जना, नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् ।