नेपालगन्ज: स्थापनाको छोटो समयमा नै टोल सरसफाई गरेर टोल माझ लोकप्रिय बनेको नमन नेपालको टोल सरसफाई सस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
बिहीबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८मा भएको साधारण सभाबाट प्रतिमा थापालाई अध्यक्ष लक्ष्मी देवी खड्कालाई उपाध्यक्ष, पशुपतिनाथ योगीलाई सचिव, कालिका बस्नेतलाई सहसचिव, सरु गोलेलाई कोषाध्यक्ष निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा हिमा बस्याल, रेखा श्रेष्ठ, मिना खत्री र गोमा पोख्रेल सर्वसम्मत रुपले निर्वाचित भएको स्थानीय समाजसेवि सुरेन्द्रदीप कार्कीले बताए ।
सस्थाको पहिलो साधरण सभा नेपालगन्ज उपमहानगरपालिका निमित्त प्रमुख एवं वडा नम्बर १८ का वडा अध्यक्ष समेत रहेका दिपक बर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
संस्थाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ करकाँदोमा स्थानीय महिलाहरुले टोल सरसफाई, सामाजिक सरोकार र महिला हिंसा लगायतको बिषयमा काम गरिरहेकोछ ।
सामाजिक कार्यका लागि स्थापना भएको सो टोल सरसफाई संस्थाको साधरण सभामा स्थानीय समाजसेवि सुरेन्द्रदिप कार्की, ज्योति प्रसाद तथा अधिराज क्षेत्रीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।