उपनिर्वाचनका लागि वैशाख १४ भित्र दल दर्ता गर्न आयोगको आह्वान


उपनिर्वाचनका लागि वैशाख १४ भित्र दल दर्ता गर्न आयोगको आह्वान

नेपालगन्ज १० वैशाख : आगामी जेठ ६ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

संविधानको धारा २७१ अनुसार उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आयोगको आग्रह छ ।

दलको विधान, नियमावली तथा घोषणापत्रसहित कागजातहरू दल दर्ताका लागि आवश्यक पर्छन् । वैशाख १४ गतेभित्र दल दर्ता गर्न आयोगले आग्रह गरेको छ ।

बागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो । नेकपा माओवादी केन्द्रबाट २०७४ को निर्वाचनमा रामबहादुर थापा बादल यो क्षेत्रबाट निर्वाचित भएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

बादलले दल त्याग गरेको भन्दै माओवादी केन्द्रले पद रिक्त गरिदिन सिफारिस गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले पद रिक्त गरेका थिए ।

सांसद हटेसँगै बादलको गृहमन्त्री पद पनि गएको थियो। तर प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नरहे पनि बादललाई फेरि गृहमन्त्री नियुक्त गरेका थिए । बादल नेकपा एमालेको केन्द्रीय सदस्य गत फागुन २८ देखि छन् ।