सिडिओ कुरुम्वाङ्ग अख्तियार प्रमुख, धेरैको १२ बज्ने 


सिडिओ कुरुम्वाङ्ग अख्तियार प्रमुख, धेरैको १२ बज्ने 

नेपालगन्ज : बाँकेको सिडिओ भएर जनताको वाह वाही कमाएका राम वहादुर कुरुम्वाङ्ग फेरी बाँकेमा अख्तियार प्रमुख भएर आएका छन् । बाँके सिडिओ बाट कैलालि जिल्लाको टिकापुर स्थित इलाका प्रशासन कार्यालयमा सरुवा भएर गएको २० दिनमै कुरुम्वाङ्गले अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय सम्पर्क कार्यालय नेपालगन्जको प्रमुखमा सरुवा भएको छ ।
 
कुरुम्वाङ्गले सेतोखरी संग भने मेरो सरुवा अख्तियार नेपालगन्जमा भएको छ । बाँकेमा रहँदा उनी जनताका पपुलर सिडिओ थिए । टिकापुर सरुवा भएपछि नेपालगन्जवासीले निकै चिन्ता व्यक्त गरे । झनै त नेपालगन्जमा कोरोना बढेपछि कुरुम्वाङ्गलाई नेपालगन्जवासीले निकै सम्झिए ।
 
उनिसँग १० बर्षसम्म सिडिओ चलाएको अनुभव छ । बाँकेमा हरेक निकायको नसा नसा थाहा पाएर बसेका कुरुम्वाङ्ग अख्तियारमा आएपछि धेरै निकायको १२ बज्ने छ । 

 

Kids Festival 2022
kanti aarogya hospital