जनतालाई बचाउन छाडी सत्ताको नशामा रुमल्लिएको सरकार


जनतालाई बचाउन छाडी सत्ताको नशामा रुमल्लिएको सरकार

सुधान्शु कोइराला
 
म डि.सि.सि.एम.सि को हरेक बैठकमा पार्टीको प्रतिनिधिको रुपमा भाग लिदा उठान गर्ने प्रमुख विषय हो कोविड र नन–कोविड अस्पताल फरक हुनु पर्छ भनेर, जुन कुरा अहिले नेपालगन्ज मेडिकल कलेजले कार्यान्वयनमा लिएर आएको छ र स्वागत योग्य पनि छ ।
 
 
भेरी (सरकारी) अस्पतालले मात्र यो महामारीको भार थेग्न नसक्ने अवस्था आएकोले निजि क्षेत्रको अस्पताल संगको सहकार्यबाट यो महामारी संग लड्ने प्रयास गर्नु उत्तम निर्णय हो र साथै यो महामारीको बेला जनताको स्वास्थ्यप्रति उत्तरदायी हुनु निजि क्षैत्रको केहि हद सम्म नैतिक कर्तव्य पनि हो ।
 
 
मेरो सामान्य बुझाइमा यो कोविड–१९ सामान्य अवस्थाको रोग हैन तर यो थाइ रुपले भैराख्ने रोग पनि हैन । यो महामारीको रुपमा आएको एउटा भयानक सरुवा रोग हो जुन केहि समय पश्चात औसधि र उपचारका बिकासका क्रम संगै क्रमिक रुपले कम हुदै जान सक्ने सम्भावना हुन सक्छ । त्यस कारण अहिलेको यो कहाली लाग्दो समयमा सम्पन्न र बिपन्न दुवै वर्गले यसको सामना गर्न सक्ने अवस्थाको सृजना हुन जरुरी छ ।
 
 
अहिले देशमा सरकारद्वारा स्वास्थ्य संकटकाल (Health Emergency) घोषणा गर्नु पर्ने स्थिति सृजना भैसकेको कुरा डाक्टरहरु कै मुखबाट सुन्न आइरहेको छ । यस्तो अवस्थामा सरकारी अस्पतालमा बेडको अभावले निजि अस्पताल तिर दौडिनु पर्ने बाध्यता र अर्कोतिर पैसाको अभावले या भनौ निजि अस्पतालमा आउने लामो बिलको ब्यवस्थापन गर्न नसके कै कारण कसैले यो महामारीमा अकालमै मृत्युको मुखमा जानु नपरोस भन्ने बिषयलाई ध्यानमा राख्दै सरकार पक्ष नै प्रमुख जिम्मेवार हुनु पर्दछ किन भने कुनै पनि देशको प्राथमिकता र प्रमुख  जिम्मेवारी भनेकै आफ्नो देशको जनताको शिक्षा र स्वास्थ नै हो ।
 
 
हाम्रो पुस्ताको निम्ती यो महामारी न भूत हो न भविष्य  । यस्तो दर्दनाक अवस्थामा समेत सरकार जनताको जीवनरक्षाप्रति संवेदनशील नदेखिदा र अझै पनि सत्ता कै लुछाचुँडीमा नै ब्यस्त र मस्त हुँदा आखिर सत्ता केका लागी भन्ने प्रश्न चिन्ह खडा भएको छ । 
 
 
जनता निरिह बनेका छन् र पुर्ण रुपमा आफुलाइ अबिभावक बिहिन अवस्थामा पुगेको महसुस गर्न बाध्य भएका छन् ।
 
सरकारका जिम्मेवार तहमा बसेकाहरुसंग मेरो विनम्र अनुरोध छ यो सत्ताको नशाबाट बाहिर निस्कन सक्यौ  भने र भौतिक पुर्वाधार बिकासका बजेटलाई यथाशीघ्र स्वास्थ क्षेत्रमा लगानी गर्दै यो महामारीबाट आफ्नो जनतालाई मुक्ति दिलाउन पहल गर्यौ भने तिम्रा विगतका सम्पुर्ण कमि कमजोरीलाई नजर अन्दाज गर्दै फेरि पनि  तिमिलाइ यिनै जनताले स–सम्मान सिंहासनमा राख्ने कुरा पक्का छ ।

 

Kids Festival 2022
kanti aarogya hospital