प्रधानमन्त्री ओलीले आज दिउँसो शपथ ग्रहण गर्ने


प्रधानमन्त्री ओलीले आज दिउँसो शपथ ग्रहण गर्ने

नेपालगन्ज ३१ वैशाख : तेस्रो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

ओलीले दिउँसो २ बजे शीतलनिवासमा गएर शपथ ग्रहण गर्न लागेको राष्ट्रपति कार्यालयले जनाएकोछ । शपथपछि उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

Kanti Aarogya Hospital Nepalgunj

विश्वासको मत पाउन नसकेपछि यही वैशाख २७ गते ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । अन्य दलले बहुमत पुर्याउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले बिहीबार पुनः ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त भएका ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।