बालमैत्री अभियानमा वडा सञ्जाल सक्रिय


बालमैत्री अभियानमा वडा सञ्जाल सक्रिय

नेपालगन्ज: बालमैत्री वडा निर्माणमा बालबालिकाले तदारुक्ता देखाएकाछन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ मा रहेका बालबालिकाले आफ्नो वडालाई बालमैत्री वडामा परिणत गराउन कसरतमा जुटेका छन् ।

बालक्लबमा आबद्ध बालबालिकाले वडामा बालबालिकासम्बन्धि ब्याप्त समस्या, चुनौतीलाई न्यूनिकरण गर्न समुह छलफलसगै सम्बद्ध सरोकारवालालाई झकझकाउने गरेकाछन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को वडा स्तरीय बालक्लब सञ्जालले बालमैत्री अभियान अन्र्तगत विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेकाछन् ।

सोही सन्दर्भलाई जोडेर वडामा रहेका १४ वटा बालक्लबका पदाधिकारीहरुलाई बालमैत्री स्थानीय शासन तथा बाल विवाह न्यूनिकरण सम्बन्धि अभिमुखिकरण समेत सञ्चालन गरेकोछ । दुई चरणमा हुने सो अभिमुखिकरणमा वडाका ७० बढि बालबालिकाहरु प्रत्येक्ष लाभ पाउने वडा स्तरीय बालक्लब सञ्जालकी अध्यक्ष सिमरन थापाले बताईन ।

हामी आफ्नो वडालाई उपमहानगरपालिकामै पहिलो बालमैत्री वडाका रुपमा परिणत गर्न तल्लिन छौं, त्यही अनुरुप आज यो अभिमुखिकरणको आयोजना गरिएको हो सञ्जाल अध्यक्ष थापाले भनिन्– वडामा हाम्रा थुप्रै समस्याहरुछन् जसमा बालविवाह पनि एक हो ।

नेपालगन्ज उपमहानगरपालिका १ नम्बर वडा समितिको आयोजना तथा वडा स्तरीय बालक्लब सञ्जालको सहजिकरणमा सो अभिमुखिकरण दिइएको हो । वडाका विभिन्न बालक्लबमा रहेका ४० जना बालबालिकाको सहभागितामा सो अभिमुखिकरण भएको हो । अभिमुखिकरणको समापन समारोहमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवं १ नम्बर वडा अध्यक्ष प्रमोद रिजालले बालमैत्री वडा निर्माणका लागि कुनै कसर बाँकी नराख्ने बताए । उनले भने तत्कालिन नगरपालिकालाई सन् २०१७ सम्म बालमैत्री वडा निर्माण गरिने भनिएपनि पछि उपमहानगर भएसगैं केही कठिन भएको हो ।

बालबालिकाद्वारा बालबालिकाकै लागि सञ्चालन गरेका गतिविधि धेरै प्रभावकारी र सान्दर्भिक हुने प्रवक्ता एवम वडा अध्यक्ष रिजालले बताए । अभिमुखिकरणमा बालअधिकारकर्मी शेरबहादुर रौलेले बालमैत्री स्थानीय शासन, यसका चरण, सूचक तथा बलाविवाह न्यूनिकरणका विषयमा प्रशिक्षण दिएको सञ्जालकी सहसचिव देवयानी अधिकारीले सेतोखरीलाई जानकारी दिइन । उनका अनुसार अभिमुखिकरणका अवसरमा वडा सञ्जालका सस्थापक अध्यक्ष देवाबहादुर क्षेत्री लगायतले उपमहानगरपालिकाका प्रवक्ता एवम १ नम्बरका वडाअध्यक्षलाई मायाको चिनो स्वरुप वडा नम्बर १ को ध्यान, बालमैत्री अभियान लेखिएको टिर्सट प्रदान गरेका थिए ।