श्रेष्ठ सम्मानित


श्रेष्ठ सम्मानित

नेपालगन्ज : मानव अधिकार संजाल नेपालगंजले अधिवक्ता सुनिलकुमार श्रेष्ठलाई सम्मान गरेको छ । नेपाल बार एशोसिएसनको ५ नम्बर प्रदेश उपाध्यक्षमा निर्वाचित भएकोमा बधाई सहित उनलाई सम्मान गरिएको इन्स्ेक प्रदेश पाँचका संयोजक भोला महतले बताए ।

यसैबीच सञ्जालले निजि शिक्षण सस्थाहरुद्धारा नयाँ शैक्षिक सत्र सुरु गर्ने क्रममा बिद्यालय भर्नामा अस्वाभाविक शुल्क बृद्धि गरेको भन्ने आमअभिभावको गुनासो प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

कतिपय निजि बिद्यालयहरुले डे«स, कापी लगायतका बिद्यार्थीका शैक्षिक सामाग्री खरिद गर्नका लागी रुपैडिया जानुपर्ने भन्दै लागू गरेको अघोसित सिण्डिकेटको अन्त्य हुनुपर्ने सञ्जालको सुझाव रहेको इन्सेकका प्रदेश संयोजक भोला महतले बताए।